दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले आफ्नो मातहतमा रहेका पोष्टहरूमा स्थायी सम्पर्क नम्बरको तथा मोबाइल वितरण सुरु गरेको छ । कार्यालय प्रमुख तथा पोष्ट प्रमुखहरू परिवर्तन भएपनि नम्बर स्थायी रहोस र सेवाग्राहीलाई सहज रूपमा ट्राफिक प्रहरी सम्म पहुँच पु¥याउने उद्देश्य वितरण गरिएको तनहँु ट्राफिक प्रहरीका प्रमुख सन्तोष पौडेले जानकारी दिए । साथै ट्राफिक नियम उलङघनको घटना देखिएमा सामाजिक संजाल मार्फत उजुरी समेत गर्न सकिने भएको छ । ट्राफिक प्रमुख पौडेलले भने,‘ ट्राफिक नियम उलङघनको घटना देखेमा सवारी साधनको नम्बर खुल्ने गरी फोटो खिचि जिल्ला ट्राफिक प्रहरी कार्यालयको फेसबुक पेजमा मिति समय, स्तान खुलाई म्यासेज गरेमा उक्त सवारी साधनहरूलाई निगरानी गरी कारबाहीको दायरामा ल्याइने छ ।’
यस्तो छ जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ र पोष्टहरूको स्थायी सम्पर्क नम्बर
१ . जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ ९८५६०९०७९९,०६५५६३७९९,१०३
२ अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलचौतारा तनहुँ ९८५६०९१२०१
३ अस्थायी ट्राफिक प्रहरी पोष्ट डुम्रे तनहुँ ९८५६०९१२०२
४ अस्थायी ट्राफिक प्रहरी पोष्ट आबुखैरनी तनहुँ ९८५६०९१२०३
५ अस्थायी ट्राफिक प्रहरी पोष्ट कोत्रे तनहुँ ९८५६०९५०००
६ अस्थायी ट्राफिक प्रहरी पोष्ट भिमाद तनहुँ ९८५६०९५००१
७ अस्थायी ट्राफिक प्रहरी पोष्ट थर्पु तनहुँ ९८५६०९५००२
८ अस्थायी ट्राफिक प्रहरी पोष्ट कलेती तनहुँ ९८५६०९५००३
९ अस्थायी ट्राफिक प्रहरी पोष्ट बन्दिपुर तनहुँ ९८५६०९५००४
१० अस्थायी ट्राफिक प्रहरी पोष्ट भन्सार तनहुँ ९८५६०९५००५
११ अस्थायी ट्राफिक प्रहरी पोष्ट पुर्कोट तनहुँ ९८५६०९५००६
१२ अस्थायी ट्राफिक प्रहरी पोष्ट पुलजिप तनहुँ ९८५६०९५००७
१३ अस्थायी ट्राफिक प्रहरी पोष्ट देबघाट तनहुँ ९८५६०९५००८